८ महिनामा जीवन बीमा कम्पनीहरुले आर्जन गरे ९८ अर्बमाथि बीमा शुल्क

८ महिनामा जीवन बीमा कम्पनीहरुले आर्जन गरे ९८ अर्बमाथि बीमा शुल्क


काठमाडौं– जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा कुल ९८ अर्बमाथि बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिरणले प्रकाशन गरेको वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यसमध्ये सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीको सूचिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले यस अवधिमा २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्क धेरै आर्जन गर्ने कम्पनीको दोस्रो नम्बरमा एलआइसी नेपाल रहेको छ । यस कम्पनीले समिक्षा अवधिसम्म ११ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको विवरणमा उल्लेख छ । विवरणअनुसार तेस्रो नम्बरमा नेशनल लाइफ छ । यसले ११ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यसपछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्यज्योति लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, एशियन लाइफ, सानिमा रिलायन्स लाइफसिटिजन लाइफले क्रमशः ११ अर्ब १८ करोड रुपैयाँ, ५ अर्ब ७० करोड रुपैयाँ, अर्ब २३ करोड रुपैयाँ, र ५ अर्ब १५ करोड, ३ अर्ब ८० करोड रुपैयाँ र ३ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेका छन् ।

यस्तै मेट लाइफले ३ अर्ब ३६ करोड, आइएमई लाइफले २ अर्ब ८२ करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७१ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३६ करोड र सन नेपाल लाइफले २ अर्ब ४७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको प्राधिरणले प्रकाहन गरेको विवरणमा उल्लेख छ ।