२५ लाख हुन्डीको रकमसहित दिलीप, सबिन र विनोद कुमार पक्राउ 


काठमाडौं – २५ लाख हुन्डीको रकमसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा न्यूरोडमा रहेको इलेक्ट्रिक पसलका सञ्चालक भारत घर भएका  दलिप अग्रवाल, नुवाकोटका सबिन तामाङ र काठमाडौंका विनोद कुमार अग्रवाल रहेका छन्। 

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका– २२ न्यूरोडस्थित रहेको इलेक्ट्रिक पसलबाट नेपाली नगद १६ लाख ५० हजार हुन्डीको रकम र काठमाडौं महानगरपालिका– २२ पाकोस्थित सडक खण्डबाट नगद ८ लाख ५० हजार हुन्डीको रकमसहित उनीहरू पक्राउ परेका हुन्। 

उनीहरूलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।