काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ अंकले घट्दा पनि ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज कारोबारमा आएका ३५९ कम्पनीमध्ये ८५ कम्पनीको शेयर मूल्य बढ्दा स्नो रिभर्स, ट्रक्सार पिखुवा खोला, याम्बालिङ हाइड्रोपावर, एनएमबी डिबेन्चर १०.७५ प्रतिशत २०८९/९० र १० प्रतिशत एनआइएमबी २०९० का लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
जसमा स्नो रिभर्सका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, अन्यले क्रमशः ट्रक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन्।
त्यसैगरी, एनएमबी डिबेन्चर १०.७५ प्रतिशत २०८९/९० ले १०.८१ प्रतिशत र १० प्रतिशत एनआइएमबी २०९० का लागनीकर्ताले ७.११ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १०.७६ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया