काठमाडौं – पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणको कसुरमा उनी पक्राउ परेका हुन् ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेकाअनुसार सम्पत्ति शुद्धिकरण विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रक्राउ गरेको हो ।






About Us
प्रतिक्रिया