काठमाडौं – नेपाल राष्ट्र बैंकले मौखिक अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता रोक्का हुने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै मौखिक अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता रोक्का हुने व्यवस्था गरेको हो।
बैंक तथा वित्तीय संस्थाले वित्तीय अपराध न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीको मौखिक/लिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि रोक्का राख्न २४–७ कार्य गर्ने गरी आवश्यक व्यवस्था मिलाउनु पर्ने व्यवस्था गरेको हो।
त्यस्ता कार्यका लागि डेडिकेटेड सम्पर्क नम्बर आफ्नो वेबसाइटमा राख्नुपर्ने उल्लेख छ। कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीले वित्तीय संस्थासँग विवरण माग गरेमा सोझै यथाशीघ्र उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्ने समेत संशोधित सर्कुलरमा उल्लेख छ।






About Us
प्रतिक्रिया