हिमालयन बैंक र डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजबीच सम्झौता

हिमालयन बैंक र डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजबीच सम्झौता

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको भागिनी संस्थाडाइनर्स क्लब अन्तराष्ट्रियबीच नेपालमा बैंकद्वारा डाइनर्स क्लबकार्ड जारी तथास्विकार गर्ने तथाडाइनर्स क्लबअन्तर्राष्ट्रिय, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्विकार गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा हस्ताक्षर भएपश्चात बैंकले डाइनर्स क्लबकार्ड चाडै नै आफ्नो कार्ड नेटवर्कमा स्विकार गर्ने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा.ले हिमालयन बैंकले डाइनर्स क्लबअन्तराष्ट्रियआफ्नो क्रेडिटकार्ड जारी तथा स्वीकार गर्ने संजालमा सामेल गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले चाडै नै डाइनर्स क्लब अन्तर्राष्ट्रिय कार्ड आफ्ना कार्ड संजालमा सामेल हुने हुँदा बैंकले निकट भविष्यमै आफ्ना मर्चेन्टलाई बढीभन्दा बढी प्रसिद्ध अन्तर्राष्ट्रिय कार्डहरु स्वीकार गर्ने क्षमता प्रदान गरेको जानकारी गराउनुभयो ।

बैंकले प्रारम्भमाउक्तकार्ड आफ्ना १४६ ए टि एम तथा५००० भन्दाबढि पस टर्मिनलहरुमा स्वीकार गराउने लक्ष्य लिएको छ । यसबाट डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स र त्यसकाभारत, द.कोरिया, ब्राजिल, टर्किका गठबन्धन संजालबाट जारी भएका कार्डका धारकहरु नेपाल भ्रमण गर्दा हिमालयन बैंकको ए टि एम तथा पस टर्मिनलका संजालमा प्रयोग गर्न सक्नेछन् । त्यसका साथै दोश्रो चरणमा बैंकले उक्त कार्डहरु नेपालमा नै स्थानीयहरुका लागि जारी गर्नेछ ।

डिकभर्स ग्लोबल संजालका तर्फबाट एसिया प्यासिफिक क्षेत्रिय निर्देशक यानी झाङ्गले हिमालयन बैंकसँगको सहकार्यले नेपालमा उक्त कार्ड स्वीकार हुन सुरु हुँदा आफ्नो आशा बमोजिम अन्तर्राष्ट्रिय बजारमा बढाउँदै गएको जानकारी गराउनुभयो । भारत, चीन, जापान, कोरियाको नेपालप्रमुख भ्रमण गन्तव्य रहेको हुँदा पर्यटकहरुलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदानगर्दै मर्चेन्टहरुलाई उक्त कार्ड स्विकार गर्ने अवसर दिएको छ ।

नेपालको बैंकिङ्ग क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियन पे, भीसा जारी तथास्विकार गर्ने तथा डाइनर्स एण्डडी स्कभर कार्ड स्वीकार गर्ने एक मात्र बैंक हो । हिमालयन बैंक नेपालमा अमेरिकन एक्स्प्रेस ब्राण्डको कार्ड जारी तथा स्वीकार गर्ने एकमात्र साझेदार हो ।