बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उहाँका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाख दुर्घटना बिमा रकम प्रदान गरिएको हो । बिमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गर्नुभयो ।
मृतक हिमप्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु ३ लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, रु ५० हजार सम्मको स्वास्थबिमा र रु ५ हजारसम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
प्रतिक्रिया