नेपाल राष्ट्र बैंकले लाइसेन्स दिएको संस्थामा राखेको पैसा सुरक्षित छ

नेपाल राष्ट्र बैंकले लाइसेन्स दिएको संस्थामा राखेको पैसा सुरक्षित छ


काठमाडौं– प्रोटेक्ट योर मनी,सेक्योर योर फ्युचर नाराका साथ ग्लोबल मनी वीक अभियान विश्वभर मनाइँदैछ । यस वर्ष नेपालमा पनि २०२४ मार्च १८ देखि २४ (२०८० चैत ५ देखि ११) गतेसम्म ‘प्रोटेक्स योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी वीक अभियान चलिरहेको छ । नेपालका विभिन्न वित्तीय संस्थाहरुले पनि मनाइरहेका छन्,यसै सन्दर्भमा केन्द्रित रहेर हामीले नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुङानासँग कुराकानी गरेका छौं।

ग्लोबल मनी विक अवसरमा विशेष गरि युवाहरूलाई नबिल बैंकको सन्देश के हो ?

ग्लोबल मनी विकमा विशेष गरि वित्तिय साक्षरताको कुरा बढि गरिरहेको हुन्छौं । अहिलेका आवश्यकता पनि वित्तिय साक्षरतालाई सम्पूर्ण जनमानसमा पुराउनु हो । त्यस मध्ये पनि बालबालिका युवा लक्षित वर्गमा वित्तिय साक्षरता के हो ? कसरी पैसाको सुरक्षा गर्ने ? बैंकिङ्ग कारोबार कसरी गर्ने ? कारोबार गर्दा के के कुरामा ध्यान दिने भन्ने कुरामा केन्द्रित रहेर सातै प्रदेशमा आफ्नो आफ्नो प्रोभिन्समा रहेर विधालय,कलेजमा वित्तिय साक्षरताको विषयमा कार्यक्रम गरिरहेको छौ ।

वित्तिय जोखिम भनेको के हो ? यसबाट सुरक्षित रहन के गर्नुपर्छ ?

पछिल्लो समय बैंकिङ्ग क्षेत्र डिजिटल भएर आयो । जसको कारण वित्तिय कारोबार गर्न सहज बनायो । समय कम लाग्ने खर्च कम लाग्ने, मोबाइल बाट नै कारोबार गर्न सकिन्छ । यो सगैँ जोखिम पनि जोडिएर आएको छ । साइबर सुरक्षा,ह्याक गर्ने प्रविधि आयो । त्यसैले आफनो बैंकमा राखेको पैसा कसरी सुरक्षीत गर्न के गर्ने क नगर्ने सबैलाई थाहा हुदैन् । विगत देखि नै वित्तिय साक्षरताको विषयमा लगानी गर्दै आइरहेको छौ । ओटिपिको विषयमा पछिल्लो समयमा धेरै र्फडहरु भैरहेको छ । ग्राहकहरुले पासवर्ड कसैलाई पनि दिनु हुदैन । बैंकले पनि ग्राहकको ओटिपी माग्दैन् त्यसैले डिजिटल कारोवार गर्नुहुनेले सजक हुनु आवश्यक छ । बालबालिका मात्र नभएर शिक्षित वर्गमा पनि यस्तो वित्तिय शिक्षाको कमी देखिएको छ ।

नियोजित निष्प्रभाह गतिविधिबाट बैंक र बचतकर्ता विच समन्वय र सहकार्य कस्तो हुनुपर्छ ?

हालसाल नियोजित निष्प्रभाह आएका छन् । बैंक र वित्तिय क्षेत्रका लागि । बैंकहरु खराब छन् । बैंक डुब्दै छन् । कर्जा, सावा ब्याज तिर्नुपर्दैन भन्ने कुरा गलत प्रचार हो । बास्तवमा नेपाल कानुनको विषयमा भन्ने हो भने बैंकि कसुर हो । यस्तो गलत हो । राज्यले यस्तो गतिविधि रोक्नु पर्छ । हामीले विगतमा अर्थमन्त्री,गृहमन्त्री,प्रधानमन्त्रीलाई पनि भेटेउ क्रमिक दिनमा यस्तो कुरामा कमी आउने र्नै छ । बैंकमा राखेको पैसा सुरक्षित छ । नेपाल राष्ट्र बैंकले लाइसेन्स दिएको संस्थामा राखेको पैसा सुरक्षित छ । बैंकहरूले पनि निक्षेप लगानी गरेका हुन्छन् । तर आफनो विवरण कसैलाई पनि दिनु हुदैन् । कर्जा लिनु भएकोहरुले पनि कर्जा लिइसकेपछि सावा समयमा तिर्नुपर्छ भन्ने हेक्का राख्नुपर्छ । बैंकको कमाइ भनेको नै कर्जा पाउने व्याज हो । कर्जा समयमा नदिदा बैंकलाई तरलतामा जोखिम हुन सक्छ । त्यसमारण यस्तो गलत प्रचारमा नलागेर बैंकको शाखा कार्यलयमा सम्पर्क गर्नुपर्छ । व्याज तिर्नु पर्दैन भनेर गलत आरोपमा लाग्नु भएन । नेपालको अर्थतन्त्र त्यति ठुलो भएको छैन । नेपाल सरकारले आफना खर्च धान्न नसकेको वेला कर्जालाई माफी मिनाहा गर्न सक्छ जस्तो मलाई लाग्दैन । प्राइभेट सेक्टरको बैंकहरुले कर्जा मिनाहा गर्न सक्दैन ।

अझै वित्तिय ज्ञानको अभावका कारण सर्वसाधारणले विभिन्न सास्ताी भोगिरहेका छन् यसलाई कसरी सम्बोधन गर्न आवश्यक छ ?

यो अभियानमा धेरै खर्च भएको भन्न् स्वाभाविक हो । नेपाल सरकार,नेपाल राष्ट बैंकले पनि यसमा प्रयत्न गरिरहेको छ । सवैले पहल गरिरहेका छ । तर अझै पनि चाहे जति वित्तिय साक्षरताको विषयमा पूर्ण सहभागिता भैसकेको छैन् । ग्रामीण भेगमा मात्र नभएर सहरी क्षेत्रमा पनि वित्तिय साक्षरताको विषयमा ज्ञान छैन । सबै क्षेत्रमा वित्तिय साक्षरताको विषयलाई समावेश गर्न सकियो भने अझै राम्रो हु्न्छ ।

ग्लोबल मनि वीकमा बाहेक नबिल बैंकले वित्तिय साक्षरताका कस्ता कार्यक्रम देशको कुन कुन ठाँउमा गरिरहेको छ ?

नविल बैंकले ग्लोबल मनि वीक नै कुरेर बस्दैन हामी वर्ष भरि वित्तिय साक्षरताको कार्यक्रम गरिरहेका हुन्छौ । ग्लोबल मनि वीक हाम्रो सातै प्रदेशमा स्कुल,कलेजमा स्थानीय सरकारको सहयोगमा त्यहाको आवश्यकता अनुसार कार्यक्रम गरिरहेका हुन्छौ । सुरक्षित तरिकाले कारोबार गरौं,भविष्य सुरक्षित गरौँ, भन्ने धारणाले कार्यक्रम गरिरहेका छौ । नबिल बैंकले कसरी पैसाको सदुपयोग गर्ने ,कसरी सुरक्षित कारोबार गर्ने भन्ने विषयमा वित्तिय साक्षरता दिइरहेको छ ।