चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी ऋण हुने व्यक्ति बैंक सञ्चालक बन्न नपाउने

चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी ऋण हुने व्यक्ति बैंक सञ्चालक बन्न नपाउने


काठमाडौं- कुनै पनि बैंकको चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी ऋण हुने व्यक्ति सो बैंकको सञ्चालक बन्न नपाउने भएका छन्। अर्थमन्त्रालयले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा सोहि अनुसार संशोधन गर्ने प्रस्ताव गरेको छ।

‘सम्बद्ध व्यक्ति वा निजको परिवार वा निज र निजको परिवार सम्बद्ध कम्पनी वा संस्थाले लिएको कुल व्यावसायिक ऋण निज सञ्चालक हुन चाहेको बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको एक प्रतिशतभन्दा बढी भएको सञ्चालक हुन योग्य हुनेछैन,’ प्रस्तावित बाफिया संशोधनमा भनिएको छ ।