सानिमा बैंकको लोभ लाग्दो प्रगति, अधिकांश सूचक बढ्दा कुन सूचकमा कति बृद्धि भयो ?

सानिमा बैंकको लोभ लाग्दो प्रगति, अधिकांश सूचक बढ्दा कुन सूचकमा कति बृद्धि भयो ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
 सानिमा बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २८.१६ प्रतिशत बढेर २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिललो आवको सोही अवधिमा बैंकले १ अर्ब ७७ करोड ६२ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९३ प्रतिशत बढेर ४ अर्ब ५२ करोड २० लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब १८ करोड ९६ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असार मसान्तसम्म बैंकको नेट फि तथा कमिशन आम्दानी ३१.३७ प्रतिशत बढेर ८१ करोड ४१ लाख ५९ हजार रुपैयाँ, सञ्चालन मुनाफा २८.४२ प्रतिशत बढेर ३ अर्ब २४ करोड ८७ लाख २२ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ५०.९१ प्रतिशत बढेर १ अर्ब ६८ करोड ९८ लाख १६ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा ९.५६ प्रतिशत बढेर ५ अर्ब ७९ करोड ५६ लाख २४ हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ७९ करोड ७० लाख रुपैयाँबाट घटेर २८ करोड ९८ लाख रुपैयाँरहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर ९ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैयाँ, जगेडा कोष २९.१८ प्रतिशत बढेर ५ अर्ब १८ करोड ९३ लाख ९८ हजार रुपैयाँ, निक्षेप १९.७४ प्रतिशत बढेर १ खर्ब २८ अर्ब ४२ करोड ५८ लाख ६७ हजार रुपैयाँ र कर्जा ३०.९७ प्रतिशत बढेर १ खर्ब १८ अर्ब ९८ करोड ८३ लाख ३७ हजार रुपैयाँ पगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३३ पैसा बढेर २३ रुपैयाँ ५१ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ६० पैसा रहेको छ ।