मौद्रिक नितिबारे लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालको प्रतिक्रियाः २५ प्रतिशतसम्म डिबेन्चर जारी गर्न पाउने व्यवस्था उत्साहजनक 

मौद्रिक नितिबारे लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालको प्रतिक्रियाः २५ प्रतिशतसम्म डिबेन्चर जारी गर्न पाउने व्यवस्था उत्साहजनक 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
नेपालका लघुवित्तहरुको सीईओहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले मौद्रिक नीतिमा उल्लेख व्यवस्था लघुवित्तहरुका लागि सकारात्मक रहेको प्रतिकृया दिएका छन्। 

मौद्रिक नीतिमा लघुवित्तलाई अप्ठ्यारो पार्ने गरि कुनै व्यवस्था नगरिएको उनले बताए। उनले भने, ‘लघुवित्तहरुलाई पनि बैंक वित्तीय सँस्थाहरुलाई झैं एनएफआरएस लागू गर्ने कुरा अपेक्षाकृत थियो। तर बैंकहरुको प्रतिनिधिको रुपमा लघुवित्तले काम गर्ने भन्ने व्यवस्था नयाँ भएकाले यस बारे पूर्ण जानकारीका लागि निर्देशिका नै पर्खनु पर्ने हुन्छ।’ 

मौद्रिक नीतिमा भएका केहि व्यवस्थाले लघुवित्तहरुलाई मर्जर र प्राप्तिमा जानलाई धेरै जोड दिएको उनको प्रारम्भिक बुझाई रहेको छ। थोक कर्जा र खुद्र कर्जा मर्जरमा जाँदा खुद्रा कर्जाको लघुवित्तको रुपमा कार्य गर्नुपर्ने, क्रस होल्डिंङ लगानीका लघुवित्तहरु २०७९ असार मसान्तभित्र मर्जर तथा प्राप्तिमा जानु पर्ने व्यवस्थाले लघुवित्तहरुलाई मर्जरमा जानलाई जोड गर्ने उनले बताए।

क्रस होल्डिंङको कुरा स्पष्ट नभएकाले अहिले नै कति संख्यामा मर्जर तथा प्राप्तिमा जान्छन र कति रहन्छन् भन्न नसकिने उनले बताए। एकै लघुवित्तमा धेरै बैंकको लगानी भएकाले त्यसलाई क्रस होल्डिंले कसरी व्यवस्था हुन्छ भन्ने कुरा राष्ट्र बैंकले आगामी दिनमा ल्याउने निर्देशिकामा निर्भर रहने उनले बताए।

त्यस्तै लघुवित्तहरुलाई २५ प्रतिशतसम्म डिबेन्चर जारी गर्न दिने व्यवस्था पनि अपेक्षाकृत भएको र यसले सकारात्मक प्रभाव पार्ने उनले बताए। २५ प्रतिशतसम्म डिबेन्चर जारी गर्न पाउने व्यवस्थाले लघुवित्तहरुलाई स्रोत व्यवस्थापनमा केहि भएपनि राहत मिल्ने उनले बताए।