मौद्रिक नितिबारे अध्यक्ष पोख्रेलको प्रतिक्रियाः साना उद्योगी व्यवसायीमैत्री मौद्रिक नीति आयो 

मौद्रिक नितिबारे अध्यक्ष पोख्रेलको प्रतिक्रियाः साना उद्योगी व्यवसायीमैत्री मौद्रिक नीति आयो 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
डेभलपमेन्ट  बैंकर्स एसोसिएसन नेपालको अध्यक्ष प्रध्युमन पोख्रेलले राष्ट्र बैंकद्धारा जारी मौद्रिक नितिले साना उद्योगीलाई विशेष सम्वोधन गरेको प्रतिक्रिया दिएका छन । 
विशेषगरी मौद्रिक नितिले कोभिड प्रभावितहरुका लागि सम्बोधन गरेको,  ऋणीहरुलाई पनि विभिन्न सहुलियतहरु प्रदान गरिएको, मर्जरमा जानलाई थप प्रोत्साहन गरिएकोले मौद्रिक नीति समग्रमा राम्रो आएको बताएका हुन् ।

मुक्तीनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पोख्रेलले  लघुवित्तलाई पनि ऋणपत्र निष्काशन गर्न दीईने ब्यबस्था गरिएको, सुक्क्ष्म निगरानीमा राखिनु पर्ने ऋणको अवधि बढाईएको, कोभिड प्रभावितलाई राहतको ब्यबस्था गरिएको, सहवित्तीयकरणको सीमा बढाईएकोले मौद्रिक नीति समग्रमा राम्रो रहेको उनले बताए ।

बैंकिङ्ग समाचारसँग कुरा गर्दै उनले भने, ‘कोरोना महामारीका कारण धेरै उद्योग व्यवसाय समस्यामा परेका छन्, धेरै समस्यामा पर्नेमा पनि साना तथा मझौला उद्योग व्यवसायहरु छन्’ उनले भने, ‘मौद्रिक नीतिले उनीहरुलाई खुसी बनाएको छ, धेरै व्यवस्थाहरु सकारात्मक छन् ।’

त्यस्तै मौद्रिक नीति मार्फत गरिएको कर्जा स्रोत परिचालन अनुपात अर्थात सीडी रेसियो खारेज गरि कर्जा निक्षेप अनुपात अधिकतम ९० प्रतिशत कायम गर्ने व्यवस्थाले बैंकहरुको व्यवसाय गर्ने क्षमता बढ्ने उनको भनाई छ।

मौद्रिक नीतिमा ऋणीको लागि पनि राहत दिने कुराहरु पनि आएका छन् भने बैंकहरुको लागि पनि सकारात्मक नै देखिएको उनले बताए।

कर्जाको विस्तारलाई पनि नियन्त्रित रुपमा विस्तार गर्ने कुरा आँफैमा नराम्रो होइन उनले भने, ‘२० प्रतिशतको बृद्धि रहेकोमा १९ प्रतिशतको कर्जा विस्तार नराम्रो होइन ।’

उद्यम व्यवसाय सञ्चालन गर्न रु। १ करोड वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ । यो साना तथा मझौला उद्योगी व्यवसायीहरुका लागि राम्रो भएको उनले बताए ।