‘सिसिडि रेसियो खारेज गर्दा कर्जाको ब्याजदर बढ्न सक्छ, मौद्रिक निति ठिकै छ’ : अध्यक्ष तुलाधारको प्रतिक्रिया 

‘सिसिडि रेसियो खारेज गर्दा कर्जाको ब्याजदर बढ्न सक्छ, मौद्रिक निति ठिकै छ’ : अध्यक्ष तुलाधारको प्रतिक्रिया 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधारले राष्ट्र बैंकद्धारा जारी मौद्रिक निति समग्रमा ठिक भएको प्रतिक्रिया दिएका छन । 
विशेषगरी मौद्रिक नितिले कोभिड प्रभावितहरुका लागि सम्बोधन गरेको,  ऋणीहरुलाई पनि विभिन्न सहुलियतहरु प्रदान गरिएको, मर्जरमा जानलाई थप प्रोत्साहन गरिएकोले मौद्रिक नीति समग्रमा राम्रो आएको बताएका हुन् ।

गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका तुलाधारले  लघुवित्तलाई पनि ऋणपत्र निष्काशन गर्न दीईने ब्यबस्था गरिएको, सुक्क्ष्म निगरानीमा राखिनु पर्ने ऋणको अवधि बढाईएको, कोभिड प्रभावितलाई राहतको ब्यबस्था गरिएको, सहवित्तीयकरणको सीमा बढाईएकोले मौद्रिक नीति समग्रमा राम्रो रहेको उनले बताए ।

त्यस्तै उनले मार्जिन  शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा बारेको विषय स्पष्ट नभएको र एकिकृत निर्देशिकाले यस बारे थप प्रष्ट पार्ने भएकोले अहिले नै टिप्पणी गर्नु हतार हुने बताए ।

त्यस्तै मौद्रिक नीति मार्फत गरिएको कर्जा स्रोत परिचालन अनुपात अर्थात सीडी रेसियो खारेज गरि कर्जा निक्षेप अनुपात अधिकतम ९० प्रतिशत कायम गर्ने व्यवस्थाले बैंकहरुको व्यवसाय गर्ने क्षमता बढ्ने उनको भनाई छ।

मौद्रिक नीतिमा ऋणीको लागि पनि राहत दिने कुराहरु पनि आएका छन् भने बैंकहरुको लागि पनि सकारात्मक नै देखिएको उनले बताए।

कर्जाको विस्तारलाई पनि नियन्त्रित रुपमा विस्तार गर्ने कुरा आँफैमा नराम्रो होइन उनले भने, ‘२० प्रतिशतको बृद्धि रहेकोमा १९ प्रतिशतको कर्जा विस्तार नराम्रो होइन ।’

कोरोना प्रभावित उद्योग व्यवसायीहरुलाई धेरै सहुलियत दिएको भन्दै उनले मौद्रिक नीति स्वागत योग्य भएको बताए । तर विगतमा जस्तै यस वर्ष पनि कार्यान्वयनका क्रममा साना तथा मझौला उद्योग व्यवसाय हेपिन्छन् भन्ने आफूलाई शंका रहेको बताए ।