बयानपछि विनोद चौधरी: ‘मैले मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन’

बयानपछि विनोद चौधरी: ‘मैले मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन’


काठमाडौं– उद्योगी एवं नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु नपर्ने बताएका छन् । 

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका चौधरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बयान दिएपछि पत्रकारहरूसँग कुरा गर्दे आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन नपर्ने बताएका हुन् । 

चौधरीले भने,’मैले मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन, बाँसबारी जग्गा प्रकरणमा म चोखो छु,’ साथै चौधरीले थपे, ‘उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रस्टसँग देखियो ।’ सरकारी जग्गा हिनामिना प्रकरणमा उनले सीआईबीमा बिहीबार बिहान बयान दिएका थिए।