हिमालयन जनरल इन्स्योरेन्सको अधिकांश सूचकमा गिरावट, १५ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन

हिमालयन जनरल इन्स्योरेन्सको अधिकांश सूचकमा गिरावट, १५ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आर्थिाक वर्ष २०७७ /८८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको अधिकांश सुच्कमा गिरावट आएको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा घटेको छ । यस अवधिमा कम्पनीले १५ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १० दशमलव ३५ प्रतिशतले कमी हो ।

१ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ६७ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २० करोड १० लाख रुपैयाँ संचिती रहेको थियो । कम्पनीको बीमा कोषमा ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ५६ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २५ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड १२ लाख रुपैयाँ खुद बीमा खुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ दमलव ९६ प्रतिशतले कमी हो ।

समिक्षा अवधिमा कम्पनीले १२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी कमी भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
यस अवधिमा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शूल्क आर्जन पनि घटेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ १४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १सय ८५ रुपैयाँ २२ पैसा रहेको छ । पिइ अनुपात ५४.३२ गुणा रहेको छ ।