महालक्ष्मी विकास बैंक र ईसेवा मनी ट्रान्सफरबीच समझदारी पत्रमा हस्ताक्षर

महालक्ष्मी विकास बैंक र ईसेवा मनी ट्रान्सफरबीच समझदारी पत्रमा हस्ताक्षर

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
महालक्ष्मी विकास बैंक लि र ई–सेवा मनी ट्रान्सफरबीच मनी ट्रान्सफर सुविधा दिन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
ई–सेवा मनी ट्रान्सफर प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा ले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त हस्ताक्षर पश्चात अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।

१०३ वटा शाखाहरु मार्फत बैकिङ्ग कारोवार गर्दै आईरहेको बैंकले आगामी दिनमा बैकिङ्ग सेवालाई अत्याधुनिक प्रविधिमैत्री बनाई ग्राहकहरुलाई थप गुणस्तरीय सेवा प्रदान गर्ने जनाएको छ ।