ग्लोबल मनी विक : जानौं आकस्मिक  खर्च व्यवस्थापनको तरिका

ग्लोबल मनी विक : जानौं आकस्मिक  खर्च व्यवस्थापनको तरिका


ग्लोबल मनी विकको सन्दर्भमा हामीले वित्तीय साक्षरता जगाउने उद्देश्यले विभिन्न सामाग्रीहरू पस्किरहेका छौँ। यसै सन्दर्भमा आजको शृङ्खलामा हामीले आकस्मिक खर्च के हो ? यो किन आवश्यक छ ? लगायतका विषयमा हाम्रा दर्शक श्रोताहरूलाई लक्षित गरी भिडियो/ लिखित सामाग्री तयार पारेका छौँ । 

के हो आकस्मिक खर्च?

आकस्मिक  खर्चको बारेमा नजान्दा कसरी तपाईँले बचत गरेको सम्पत्तिको नास हुन्छ। आउनुहोस् ग्लोबल मनि विकको यो शृङ्खलामा आकस्मिक खर्चको चर्चा गरौँ।   

मानिसको जीवनमा आकस्मिक घटना जति बेला पनि  घट्न सक्छ । जस्तो कि तपाई बिरामी पर्न सक्नुहुन्छ । तपाईँले चलाई रहेको सवारी साधन  बिग्रन  सक्दछ  वा  परिवारको सदस्यहरू  बिरामी पर्न सक्छन् ।  त्यस्तो अवस्थामा हामीलाई आवश्यक पर्ने खर्चलाई आकस्मिक  खर्च भनिन्छ ।त्यस्तो अवस्थामा आवश्यक पर्ने खर्चलाई बेलैमा जोहो गर्ने सकिएन भने अन्य प्रयोजनको लागि तपाईँले जम्मा गर्नु भएको सम्पत्तिको नास हुन जान्छ र भविष्य अन्योलमा पर्न सक्दछ। 

जस्तो कि तपाईँले उच्च शिक्षाको लागि जम्मा गरेको पैसा कुनै आकस्मिक घटनाका कारण खर्च हुन सक्छ। त्यसैले हामीले आकस्मिक प्रयोजनका लागि छुट्टै र अन्य लक्ष्यका लागि छुट्टै बचत गर्नुपर्दछ। हामीले कति रकम आकस्मिक  खर्चको रूपमा राख्नु पर्दछ ?

आकस्मिक  कोषमा तपाइको अन्य कुनै पनि  श्रोतबाट कमाई नहुँदा पनि कम्तीमा छ महिनाको लागि चाहिने खर्चको तपाईँले जोहो गरेको हुनुपर्दछ जसले गर्दा अकस्मात् तपाईँले रोजगारी गुमाउनु पर्दा पनि बिना तनाव तपाईँलाई अर्को रोजगारी खोज्ने समय मिल्न सकोस् र बिरलिनै पर्नु भयो भने पनि निश्चिन्त रही आफ्नो स्वास्थ्य लाभ गर्ने समय मिल्न सकोस्ः   

अब जान्नुहोस्  आकस्मिक खर्च व्यवस्थापन गर्ने ५ तरिकाहरू ः

१ बिमाको पोसिली मार्फत जोखिमको क्षतिपूर्ति गर्ने  

तपाई बिरामी पर्दा, ठुलो रोग लाग्दा, दुर्घटना पर्दा वा भुईँचालोले तपाईँको  सम्पत्तिमा क्षति पुर्‍याउँदा तपाईँले जीवनभर दुःख गरेर जम्मा गरेको सम्पत्ति एकै चोटमा सिद्धिन सक्छ र भविष्य अन्योलमा पर्न सक्दछ। यस्ता जोखिमको क्षतिपूर्ति गर्न उपयुक्त बिमा पोसिली लिनु पर्दछ जसले यस्तो जोखिम सजिलै बहन गर्न सकिन्छ।

 २.इच्छा र आवश्यकता छुट्टाउन सिक्ने 

हरेक व्यक्तिले आफ्नो आवश्यकता र  इच्छालाई राम्ररी बुझ्न जरुरी छ। इच्छा जस्तै घुमघाम, महँगो रेस्टुरेन्ट मा लन्च डिनर गर्नु , महँगा कपडाहरू किन्नु जुन तपाई आफ्नो इच्छाको कारण मात्र किन्नु हुन्छ तर त्यो बिना पनि तपाई आरामले बाच्न सक्नुहुन्छ।आवश्यकता, अन्तर्गत यस्ता बस्तु र सेवाहरू पर्दछ जुन हामीलाई जीवन गुजार्नको लागि नभई हुँदैन।जस्तै घरायसी राशन खर्च, शिक्षा , औषधि उपचार , बिजुली, पानी, घर भाडा, यातायात खर्च जुन हाम्रो दैनिक  जीवन आधारभूत आवश्यकता  हुन् र नभई हुँदैन । यसरी आफ्नो इच्छा र आवश्यकता बुझ्दा कस्ता कुरा मा खर्च गर्ने कस्ता कुरामा खर्च नगर्ने भनेर छुटाउन सजिलो हुन्छ यसरी खर्च जोगाउँदै  हामीले आफ्नो आकस्मिक कोष बनाउन  सक्दछौ।  

३. खर्च सन्तुलन को लागि बजेटिङ प्रयोग गर्ने 

हामीले आफ्नो कमाई बाट महिना भरि कुन कुन कामको लागि कति कति  खर्च गर्ने भनेर छुट्टाउने कामलाई नै बजेटिंग गर्ने  भनिन्छ  , बजेट बनाएर खर्च गर्दा तपाईँले आफ्नो आम्दानी कुन कुन प्रयोजनको लागि खर्च गर्ने वा नगर्ने भन्ने नियन्त्रण गर्न सक्नुहुन्छ जसले आफ्नो कमाई थोरै हुँदा पनि  प्रभावकारी तवरले  खर्च र बचतको सन्तुलन  गर्न सक्नुहुन्छ। आफूले खर्च  कसरी गर्दै छु भन्ने कुराको स्पष्ट जानकारी हुने हुँदा आफूलाई थप वित्तीय अनुशासनमा राख्दै आकस्मिक कोषको लागि रकम जुटाउन सहज हुन्छ। 

४.अनावश्यक सापटी र ऋण नलिने 

अनावश्यक ऋणले ब्याज र किस्ताको बोझ थपिदिन्छ यसले  तपाइको बचत गर्ने क्षमतालाई कमजोर बनाउँछ साथै साथीभाइहरूसँग अनावश्यक सापटी लिँदा कुनै बेला आकस्मिक खर्च चाहिदा सहयोग लिने विकल्पहरू तपाईँसँग थोरै हुन्छन्।  त्यसैले अनावश्यक ऋण नलिने लिएको ऋण को सावाँ ब्याज समयमै फिर्ता गरी आफ्नो विश्वसनीयता कायम राखिराख्नु पर्दछ।   यसरी आकस्मिक खर्च व्यवस्थापन  गरी कुनै पनि भवितव्यबाट  आई पर्ने दायित्वबाट मुक्त रही भविष्य सुनिश्चित गर्नुहोस् ।  

५.  थोरै भए पनि बचत गर्ने 

हामीले यति थोरै पनि के बचत गर्नु अलिकति धेरै भएपछि बचत गर्छु , मलाई अहिले नै के पो आकस्मिक खर्च  आइपर्ला भनेर बचत गर्ने कामलाई भोलि धेरै कमाउँदा गर्छु भन्दै बस्छौ। भोलि गर्छु भन्दै कुनै कामलाई पन्छाउँदै जानु आफैमा एउटा मानसिक समस्या हो त्यसैले आज बाट थोरै नै किन नहोस् बचत गर्ने बानी  बसाल्नुहोस्।यसले तपाईँलाई  भविष्यमा आई पर्ने आकस्मिक खर्चको सजिलै जोहो हुन्छ।