नेपाल लाइफको जीवन बीमा कोष ११२ अर्ब नाघ्यो, नाफा खुम्चिदा अन्य सूचक कस्ता ? 

नेपाल लाइफको जीवन बीमा कोष ११२ अर्ब नाघ्यो, नाफा खुम्चिदा अन्य सूचक कस्ता ? 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.०५ प्रतिशत बढेर ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ३१ प्रतिशत बढेर ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ, जगेडा कोष ७१.०३ प्रतिशत घटेर १ अर्ब १ करोड ६३ करोड ४६ लाख रुपैयाँ र १ खर्ब १२ अर्ब ५१ करोड २९ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

गत असार मसान्तसम्म कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा १०.३९ प्रतिशत बढेर ४८ अर्ब ३८ करोड १७ लाख ३३ हजार रुपैयाँ प्रदान गरेको छ भने बीमा लेख धितो कर्जा १४.४८ प्रतिशत बढेर १९ अर्ब ५४ करोड ६३ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्म कम्पनीको ब्यवस्थापन खर्च १.८६ प्रतिशत घटेर २४ करोड ३८ लाख ९५ हजार रुपैयाँ गरेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन १६.९३ प्रतिशत बढेर ३१ अर्ब ९६ करोड ९३ लाख ८९ हजार रुपैयाँ र कुल बीमा शुल्क आर्जन १७.१९ प्रतिशत बढेर ३२ अर्ब ३६ करोड ९७ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत असार मसान्तसम्म कम्पनीको लगानी कर्जा तथा अन्य आय ३७.५३ प्रतिशत बढेर ७ अर्ब ७७ करोड ६० लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीको गत आवमा खुद दावी भुक्तानी ४६.९६ प्रतिशत बढेर८ अर्ब ७८ करोड ४ लाख ८१ हजार रुपेयाँ आर्जन गरेको छ ।

कम्पनीको अभिकर्ता कमिसन १३.१० प्रतिशत बढेर ३ अर्ब ५५ करोड ६३ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ भने कुल कायम बीमा लेख संख्या ५.८९ प्रतिशत बढेर १ अर्ब ३८ करोड १४ लाख ३३ हजार जारी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३० पैसा रहेको छ ।