प्रभु लाईफको नाफा २८३.४७ प्रतिशत बढ्यो, दावी भुक्तानी ८५५ प्रतिशत, बीमा शुल्क २०१ प्रतिशत आर्जन

प्रभु लाईफको नाफा २८३.४७ प्रतिशत बढ्यो, दावी भुक्तानी ८५५ प्रतिशत, बीमा शुल्क २०१ प्रतिशत आर्जन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २८३.४७ प्रतिशत बढेर १७ करोड ६ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ४४ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन २०.७८ प्रतिशत बढेर १ अर्ब ४० करोड ३ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब १५ करोड ९४ लाख ३५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन २१.५९ प्रतिशत बढेर १ अर्ब ४५ करोड ६४ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब १९ करोड ७८ लाख २८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म कम्पीको खुद दावी भुक्तानी ८५५.१२ प्रतिशत बढेर ७ करोड ६४ लाख ५७ हजार रुपैयाँ गरेको छ । अघिल्लो आवाको सोही अवधिमा कम्पनीले ८० लाख ५ हजार रुपैयाँ मात्रै खुद दावी भुक्तानी गरेको थियो । कम्पनीको अभिकर्ता कमिसन ३८.७१ प्रतिशत बढेर २२ करोड २१ लाख ५९ हजार रुपैयाँ गरेको छ ।

कम्पनीको लगानी कर्जा तथा अन्य आय १७०.५० प्रतिशत बढेर २४ करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो बर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३ लाख ६६ हजार रुपैयाँ लगानी कर्जा तथा अन्य आय आर्जन गरेको थियो । कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ५.७४ प्रतिशत घटेर ८२ करोड १५ लाख १ हजार रुपैयाँमा सिमित भएको छ ।

कम्पनीको बीमालेख धितो कर्जा भने ६९१.४१ प्रतिशत बढेर ३७ करोड ४४ लाख २२ हजार रुपैयाँ लिएका छन् कम्पनीको व्यवस्थापन खर्च ३१ प्रतिशतले घटेको छ ।

कम्पनीको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेर २ अर्ब रुपैयाँ, जगेडा कोष १६५.४६ प्रतिशत बढेर ३९ लाख ५३ लाख ७७ हजार रुपैयाँ र जीवन बीमा कोष ८५.९७ प्रतिशत बढेर १ अर्ब ९४ करोड ७ लाख ५६ हजार रुपेयाँ जम्मा छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ भने १२१ रुपैयाँ छ ।