मौद्रिक नीति सार्वजनिक गर्ने तयारी 

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक नीति ल्याउने तयारी गरेको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भोलि मौद्रिक नीति सार्वजनिक गर्नेगरी तयारी गरिएको जानकारी दिए। ‘अहिलेसम्मको तयारी भोलि सार्वजनिक गर्ने भन्ने हो, सम्भावना छ’ उनले भने। यसपालिको मौद्रिक नीतिले पुराना धेरै कार्यक्रमलाई नै निरन्तरता दिने छ। 

मर्ज तथा एक्वीजिसनका लागि बाध्यात्मक कुनै व्यवस्था नगरी पहिलेका प्रोत्साहनमूलक व्यवस्थालाई नै निरन्तरता दिइने स्रोतले जनाएको छ। सिसिडी लगायत अधिकांश तरलता व्यवस्थापन सम्वन्धी अनुपातहरु पुरानै यथावत रहनेछन्।

यसअघि निर्देशनमार्फत असल कर्जामा ‘प्रोभिजन’को दर सामान्य बढाइसकेको छ। कोरोना प्रभावित सीमित क्षेत्रका व्यवसायीलाई केही राहत प्रदान हुनेगरी नीति आउने स्रोतले जनाएको छ। 

साउन महिनामै बैंकिङ प्रणालीमा तरलताको अभाव चर्किएकाले मौद्रिक नीतिमार्फत सम्बोधन हुने अपेक्षा गरिएको छ। त्यस्तै व्याजदर स्थिर राख्नका लागि केही रणनीतिक उपायहरु पनि मौद्रिक नीतिमा समेटिन सक्नेछ। 

मुलुकमा सरकार परिवर्तन भएसँगै मौद्रिक नीति आउन ढिलाई भएको हो। साउनको पहिलो हप्ता नै मौद्रिक नीति ल्याउने तयारी गरेको राष्ट्र बैंकले नयाँ सरकारको नीति र सुझाव समेट्नुपर्ने भएपछि ढिलाई हुन गएको हो।