सूर्या लाइफको खुद बीमाशुल्क ४७% ले बढ्यो, बीमा कोषमा १० अर्ब सञ्चित

सूर्या लाइफको खुद बीमाशुल्क ४७% ले बढ्यो, बीमा कोषमा १० अर्ब सञ्चित

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
गत आर्थिक वर्षको चौथो चैमाससम्ममा सूर्या लाइफकाको खुद बीमाशुल्क संकलन ४६.९७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४ अर्ब १८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ८५ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब रुपैयाँ भन्दा बढी रकम सञ्चित छ । कम्पनीको जीवन बीमा कोष ४३.५४ प्रतिशतले बढेर १० अर्ब ६६ करोड १० लाख २३ हजार रुपैयाँ पुगेको हो ।

इन्स्योरेन्सको जगेडा कोष २५.२५ प्रतिशत, महाविपत्ति कोष ३३.७८ प्रतिशतले बढेको छ । कम्पनीको जगेडा कोष २५.२५ ले बढेर ८३ करोड ७६ लाख, महाविपत्ति कोष ३३.७८ ले बढेर १४ करोड ६२ लाख रुपैयाँ पुगेको हो । चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख ९५ हजार रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १४.२९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३२.३९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६४.५४ गुणा छ।

इन्स्योरेन्सले सो अवधिसम्ममा बीमालेखको धितोमा कर्जाबाट १० करोड८ लाख ६८ हजार रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ८५ करोड ९३ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको छ । इन्स्योरेन्सको खुद नाफा २३.०१ प्रतिशत बढेर ३२ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीले २६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सले असार मसान्तसम्ममा ८९ करोड ७० लाख ८८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा ७ हजार ८५३ वटा बीमा दाबी वापत सो रकम भुक्तानी गरेको हो । कम्पनीले ८ अर्ब ७ करोड ११ लाख रुपैयाँ दीर्घकालीन कर्जा र २ अर्ब ३ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ अल्पकालीन कर्जा लगानी गरेको छ ।