ग्लोबल मनि विक: मासिक बजेट कसरी बनाउने  ?

ग्लोबल मनि विक: मासिक बजेट कसरी बनाउने  ?


आउनुहोस्, ग्लोबल मनि विकको यो शृङ्खलामा मासिक बजेट के हो र  कसरी बनाउने र यसले अनावश्यक खर्च हुनबाट कसरी पैसाको सुरक्षा गर्दछ भन्ने बारेमा चर्चा गरौं।

के हो मासिक बजेट ?

आफ्नो कमाई को विभिन्न स्रोतबाट महिना भरि कुन कुन कामको लागि कति कति  खर्च गर्ने भनेर छुट्टाउने कामलाई नै मासिक बजेट बनाउने भनिन्छ। हामीले आफ्नो आम्दानी अनुसार वत् र  खर्चको  तालमेल मिलाउन सक्यौ भने अनावश्यक ऋणको तनाव बोक्नु पर्दैन र यसले हामीलाई सम्पन्न हुने आधार दिन्छ।  खर्चको  तालमेल मिलाउन र सम्पन्न जीवन निर्वाह गर्न हामीले मासिक बजेट बनाएर खर्च गर्ने बानी गर्नु पर्दछ। 

आउनुहोस् हामी कसरी सजिलै मासिक बजेट बनाउन सक्दछौ भन्ने कुरा सिकौं

१. सबै भन्दा पहिला तपाइका विभिन्न आम्दानीको स्रोतहरू बाट  मासिक आम्दानी कति हुन्छ त्यसको निर्क्योल गर्ने  जस्तो कि तपाईँको तलब, घर भाडाबापत आउने कमाई , खेतीपातीको आम्दानी, व्यापार व्यवसाय को आम्दानी आदि।   

२. अघिल्लो महिनाको आधारमा  मासिक रूपमा गर्नु  पर्ने खर्च कति हुन्छन् निर्धारण गर्ने। अघिल्लो महिनामा खर्च भएको बाहेक अरु सम्भावित खर्च र नयाँ दायित्व जोडे पछि यो महिनाको अनुमानित खर्च निकाल्न सहज हुन्छ।

३. घटबढ हुन सक्ने खर्चको सुची बनाउने।जस्तोको विवाहको लागि  उपहार , नयाँ सामान खरिद, सामान मर्मत आदि।   आपत्कालीन कोष र मासिक बचतको रकम छुट्टाउने। 

४. खर्चको शीर्षक तयार गर्ने , जस्तै ,यातायात वा इन्धन , मासिक  राशन , ऋण को किस्ता ,मनोरञ्जन , सामाजिक जिम्मेवारी  आदि। 

५. अब  बाकी रहेको रकमलाई   घटबढ हुन सक्ने खर्चको सुचीको आधारमा  तयार भएको शीर्षकहरूमा अनुमानित रकम छुट्टाउने ।

६. खर्चलाई नियमित अनुगमन  गर्ने। सधैं आफ्नो खर्च योजना वा बजेट मुताबिक खर्च भएको छ कि छैन चनाखो भएर हेर्ने। 

७. आवश्यकता अनुसार खर्च समायोजन गर्ने। कुनै शीर्षकमा रकम कम वा बढी भएमा आवश्यकता अनुरूप त्यसलाई बचत वा अरू प्रयोजनको लागि,

८. महिनाको अन्त्यमा आफूले बनाएको बजेटको पुनर्मूल्यांकन  गर्दै यसबाट सिकेको कुरा अर्को महिनाको बजेटमा प्रयोग गर्ने। 

यसरी मासिक बजेट बनाउने गर्नुभयो भने तपाईंको पैसा अनावश्यक खर्च हुँदैन र पैसाको सुरक्षा हुन्छ। आफूले कुन शीर्षकमा अनावश्यक खर्च गरियो त्यसको रेकर्ड आफू सँग रहने हुँदा फजुल खर्चमा बिस्तारै नियन्त्रण हुँदै असल वित्तीय आनीबानीको विकास हुन थाल्दछ।