बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्थाले काठमाडौंमा थप १ शाखा संचालनमा ल्याएको छ । कम्पनीले काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिकाको शेषमतिमा शाखा स्थापना गरि संचालनमा ल्याएको हो ।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
यो संस्था सिभिल बैंकको सहायक कम्पनी हो ।
प्रतिक्रिया