बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । उक्त सम्बन्धमा दुई संस्थाबीच असोज १६ गते सहमतिपत्रमा हस्ताक्षर समेत भइसकेको छ ।
हाल काठमाडौं महानगरपालिका वडा नं. २ मा प्रधानकार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं. ९, मा प्रधान कार्यालय रहेको सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा सहमतिपत्र (एमओयु) मा हस्ताक्षर भएको हो । गरिमा विकास बैंकमा प्राप्ति हुने प्रस्तावसहित सहारा विकास बैंकले २०७४/७५, २०७५/७६, र २०७६/७७ को लागि साधारणसभा डाकेको छ । आगामी भदौ १२ गते बैंकको ३ आर्थिक वर्षको साधारणसभा एकैपटक बोलाइएको छ।
गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति हुँदा गरिमा विकास बैंक लिमिटेड थप शसक्त विकास बैंकको रुपमा स्थापित भई मूलूकको बैंकिङ्ग परिदृश्यमा प्रभावकारी वित्तीय सेवा प्रदायक विकास बैंकको रुपमा आफ्नो उपस्थिति हिमाल, पहाड र तराइमा ब्यापक हुने समेत बैंकको विश्वास छ ।
प्रतिक्रिया