नेपाल बंगलादेश बैंकको नाफा ८४ % ले बढेर २ अर्ब २९ करोड,लाभांश क्षमता कति ?

नेपाल बंगलादेश बैंकको नाफा ८४ % ले बढेर २ अर्ब २९ करोड,लाभांश क्षमता कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल बंगलादेश बैंकले ८४.१६ प्रतिशतले नाफा बढाएको छ। बैंकले आइतबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २ अर्ब २९ करोड २५ लाख रुपैयाँ भएको जनाएको छ।

बैंकको अघिल्लो आर्थिक बर्ष खुद नाफा एक अर्ब २४ करोड ४८ लाख रुपैयाँ थियो। बैंकको नाफामा ब्याज आम्दानीले खासै योगदान भने गरेको छैन। बैंकले अन्य आम्दानी बढाएर नै नाफामा सुधार गरेको हो। वित्तीय विवरण अनुसार, खुद ब्याज आम्दानी ७.५ प्रतिशतले घटेको छ। बैंकले गत बर्ष खुद ब्याज आम्दानी २ अर्ब ६३ करोड रुपैयाँ मात्र गरेकोछ । 

बैंकको खुद नाफामा खुद ब्यापार आम्दानीको योगदान ठूलो छ। बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन् कम्पनीको सेयर बिक्री गरेर नाफामा योगदान गरेको छ। बैंकको खुद ब्यापार आम्दानी १६९ प्रतिशतले बढेको छ। अघिल्लो बर्ष २२ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको बैंकले यसपाली ६१ कोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। पछिल्लो त्रैमास अथर्थात बैशाखदेखि असारसम्म मात्र ३८ करोड ६६ लाख पैयाँ यसैबाट कमाएको छ। 

यसपाली नाफा बढ्नुमा प्रोभिजनिङको पनि योगदान रहेको छ  । बैंकले ८० करोडको प्रोभिजनिङलाई २७ करोडमा झारेको छ। यो भनेको बैंकको ऋण बिग्रिने क्रम रोकिएको छ। बैंकले ऋण १६ प्रतिशतले बढेर  ६८ अर्ब ४८ करोड पुर्याएको छ भने  निक्षेप ३१ प्रतिशतले बढेर ८७ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। 

बैंकको आधा दर ७.४१ प्रतिशतमा झरेको छ भने स्प्रेड ३.५५ प्रतिशतमा आएको छ। 

त्यस्तै बैंकको खराब कर्जा अनुपात पनि घटेर २.८९ प्रतिशतबाट १.५५ प्रतिशतमा ओर्लिएको छ। त्यस्तै यस अवधिमा बैंकको लागत ५.४९ प्रतिशत रहेको छ भने आधार दर ७.४१ प्रतिशत रहेको छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ ६५ पैसाबाट बढेर २५ रुपैयाँ ४६ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा तथा मुल्य आम्दानीको अनुपात १७ दशमलब १३ गुणा रहेको छ।