बैकिङ्ग कसूर मुद्दाका फरार भरीमाया गर्बुजा पक्राउ

बैकिङ्ग कसूर मुद्दाका फरार भरीमाया गर्बुजा पक्राउ

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी धवलागिरी गाउँपालिका ६ बस्ने २९ वर्षीया भरीमाया गर्बुजालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत म्याग्दीबाट उक्त मुद्दामा ७ लाख ३८ हजार ८ सय ३२ रुपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेकी उनलाई बेनी नगरपालिका ८ कालिपुलबाट प्रहरीले पक्राउ गरेको हो । 

उनलाई म्याग्दी जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।