बैंकिङ्ग समाचार, काठमाडौं ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ करोड २९ लाख ८२ हजार खुद नाफा गरेको छ । गत फागुन १४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष १६७ दशमलव ८६ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीको यो नाफा ३ करोड ४७ लाख १३ हजार थियो ।
गत वर्ष कम्पनीको सञ्चालन नाफा पनि १७७ दशमलव ८८ प्रतिशत बृद्धि भएको छ । अघिल्लो वर्ष ३ करोड ८१ लाख ७६ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष १० करोड ६० लाख ८५ हजार यो नाफा गरेको हो । सम्भावित जोखिम शिर्षकमा अघिल्लो वर्षभन्दा १४६ दशमलव ३३ प्रतिशत बढी १० करोड २२ हजार रकम छुट्याउदा पनि कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा उल्लेख्य बृद्धि भएको छ ।
आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी १० करोड पुगेको छ । गत वर्ष कम्पनीको जगेडा कोष रकम पनि ७२ दशमलव ७२ प्रतिशत बृद्धि भर्ई २२ करोड ८ लाख ९६ हजार कायम भएको छ । कम्पनीले १२१ दशमलव ९४ प्रतिशत बढी २ अर्ब २४ करोड ६८ लाख ७३ हजार कर्जा सापटी लिएर ९१ दशमलव ९६ प्रतिशत बढी ३ अर्ब ३३ करोड ६७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया