सहकारी बैंकको चेक नचल्ने नियम खारेज गर्छु : अर्थमन्त्री शर्मा

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य गर्ने बताएका छन्। 

राष्ट्रिय सहकारी बैंकको १९ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा भएको कार्यक्रममा अर्थमन्त्री शर्माले सहकारी बैंकको चेक नचल्ने नियम खारेज गर्ने बताएका हुन्।

सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बैक तथा गाउँ गाउँमा रहेका लघु वित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको उनले बताए।  उनले सहकारीहरूले नाफाको लागि प्रतिस्पर्धा गर्न नहुने भन्दै उत्पादन र रोजगारी सृजनामा प्रतिस्पर्धा गर्नुपर्ने बताए। 

मन्त्री शर्माले ऋण प्रवाहमा रहेको असमानता समेत हटाउन पहल गरिने बताए। उनले कर्जा प्रवाहमा ब्याजदर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघु वित्त संस्थाहरूलाई आग्रह गरे।  

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल, पत्रकार शर्मिला ठकुरी, राष्ट्रिय सहकारी बैंकका उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको छ। 

मंगलवार सुरु भएको ‘सहकारीमा लघु वित्त सम्मेलन–२०७८’ बुधबारसम्म चल्नेछ।