बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति एक साताभित्र सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आइतबारसम्म मौद्रिक नीति ल्याउने तयारी भएको जानकारी दिएका छन् ।
इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन) का पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले सकभर यहि शुक्रबार नभए आगामी आइतबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको बताए ।
सरकार फेरिएपछि चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नमा ढिलाई भएको थियो । अर्थमन्त्री जनार्दशन शर्माले केहि दिन अघि पत्रकार सम्मेलन गरी आफुले मौद्रिक नीति नरोकेको र राष्ट्र बैंक स्वायत्त संस्था भएको प्रष्टिकरण दिएपछि राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्न तातेको हो ।
राष्ट्र बैंकले समयमै मौद्रिक नीति ल्याउन नसक्दा पूर्वगभर्नरदेखि अर्थविद्सम्मले आपत्ति जनाइरहेका छन्। नयाँ सरकारले अध्यादेश मार्फत ल्याएइको बजेट संशोधन गर्ने बताएपछि मौद्रिक नीतिमा ढिलाई भएको थियो ।
गभर्नर अधिकारीले अर्थ मन्त्रालयको हस्तक्षेपका कारण मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भएको भन्ने विषयलाई निराधार रहेको बताएका छन्।
प्रतिक्रिया