डिजिटल ट्रान्सफर्मेसनमा एनसीएचएल अब्बल, कुल ग्राहस्थ उत्पादनको ३ गुणा बढी नगगदरहित भुक्तानी

डिजिटल ट्रान्सफर्मेसनमा एनसीएचएल अब्बल, कुल ग्राहस्थ उत्पादनको ३ गुणा बढी नगगदरहित भुक्तानी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, नवलपुर । 
एसीएचएलले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको विद्युतिय भुक्तानी बृद्धि गरी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीतिगत प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । कोभिड–१९ समेतको कारणले सृजना भएको परिस्थितीले डिजिटल भुक्तानीको स्वीकार्यता तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेलेको एनसीएचएलले जनाएको छ ।
। एनसीएचएलका विभिन्न प्रणालीहरू मार्फत आ. व. २०७७-७८ मा फर्छ्यौट गरिएको नगद रहित भुक्तानी कारोबार नेपालको कुल ग्राहस्थ उत्पादन भन्दा तीन गुणाले बढी रहेको छ ।

एनसीएचएलले एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरू संचालन गर्दै आएको छ ।

गत आ.व.मा एनसीएचएलले कुल ४ करोड ४७ लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट गरेको छ, जुन अघिल्लो आ.व.को तुलनामा ११७% ले बढी रहेको छ । त्यसैगरी एनसीएचएलले रकमको आधारमा १३ खर्ब रुपैयाँ, २०.९ करोड डलर, २४.९ करोड यूरो र जीबीपी २७.२ करोड बराबरको रकम आफ्ना विभिन्न भुक्तानी प्रणालीहरू मार्फत फर्छ्यौट गरेको जनाएको हो ।

उक्त आ.व.मा चेकको कारोबार २१% ले, एनसीएचएल आईपीएसमा ९४% ले र कनेक्ट आईपीएसमा ५६६% ले कारोबार बृद्धि भएको छ । यसरी तथ्याङ्क हेर्दा चेकबाट हुने कारोबारको बृद्धि स्थिर हुँदै गइरहेको छ भने डिजिटल भुक्तानी प्रणालीहरूको उपयोग भने उल्लेख्य रुपमा बृद्धि हुँदै गएको कम्पनीले जनाएको छ ।