ग्रामीण विकास लघुवित्तको शेयरधनीले लाभांश नपाउने

ग्रामीण विकास लघुवित्तको शेयरधनीले लाभांश नपाउने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरधनीले लाभांश नपाउने भएका छन् ।  अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट लघुवित्तले लाभांश वितरणको प्रस्ताव नगरी साधारण सभा आह्वान गरेको छ । लघुवित्तले एक वर्ष ढिला सभा सम्पन्न गर्न लागेको हो ।

लघुवित्तको सञ्चालक समितिको साउन ९ गते सम्पन्न बैठकले भदौ ५ गते, शनिबार प्रधान कार्यालय बुटवलमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ । कोभिड सैक्रमण अझै कायम रहेकाले भर्चुअल माध्यमबाट सभा बोलाइएको छ ।

लाभांश वितरणको प्रस्ताव नगरेको लघुवित्तले सभामा मर्जर तथा प्राप्तीलाई प्रमुख एजेण्डाको रुपमा अगाडि बढाउन लागेको छ । पाँच विकास क्षेत्रमा सञ्चालनमा रहेका लघुवित्त कम्पनीहरु धरासायी भएपछि एउटै संस्थामा मर्जर गरी अगाडि बढाप्छि कम्पनीको सुधार राम्रो हुँदै आएपनि कम्पनी लाभांश वितरणको अवस्थामा भने पुगि सकेको छैन । 

सभामा ग्रामीण विकास लघुवित्त र अन्य कुनै लघुवित्त एक आपसमा मर्जर तथा प्राप्ती –एक्विजिशन) कार्य गर्नका लागि मर्जर समिति गठन गर्ने, उपयुक्त संस्था चयन गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, लगायत मर्जरसँग सम्बन्धीत अन्य कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

साथै सभाले संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित हुने २ जना र सर्वसाधारण शेयरधनीहरु मध्येबाट २ जना गरी ४ जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।

साधारण सभाका लागि लघुवित्तले साउन २५ गतेदेखि शेयरधनी दर्ता किताब (बुकक्लोज) गर्ने मिति तोकेको छ । जस अनुसार साउन २४ गते आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्र सभामा भाग लिन पाउनेछ ।