एभरेष्ट बैंकले दुई अर्बको ऋणपत्र जारी गर्ने, एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक

एभरेष्ट बैंकले दुई अर्बको ऋणपत्र जारी गर्ने, एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
एभरेष्ट बैंकले दुई अर्ब रुपैयाँ बराबरको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६” जारी गर्ने भएको छ । जसका लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

बैंकले प्रति युनिट एक हजार अंकित दरको २० लाख कित्ताले हुन आउने दुई अर्ब रकम बराबरको ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको र ब्याजदर वार्षिक ८.५ प्रतिशत रहेको बैंकले जनाएको छ ।

उक्त सम्झौतामा एभरेस्ट बंैक लिमिटेडको तर्फबाट कम्पनी सचिवसुरेश चापाँगाई र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।

एभरेष्ट बैंकले आफ्नो १०३ वटा शाखा कार्यालयहरु र ३ वटा एक्सटेन्शन काउन्टर मार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ ।