राष्ट्रिय सहकारी बैंकको नाफा १ अर्ब ६६ लाख

राष्ट्रिय सहकारी बैंकको नाफा १ अर्ब ६६ लाख

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा अधिकतम १ अर्ब ६६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष २०७६/७७ मा कुल ६८ करोड २८ लाख ८१ हजार मात्र कमाएको बैंकले गत वर्ष अधिकतम ४७.४१ प्रतिशतले बढी नाफा कमाएको हो ।

बैंकका अनुसार गत आ.व को असार मसान्तसम्म खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा देखिएको सुधारले यस्तो नाफा बढाउन बैंक सफल भएको हो । अघिल्लो आ.व को असार मसान्तमा १ अर्ब १० करोड ७९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आ.व को सोही अवधिमा १ अर्ब ७४ करोड १८ लाख ३० हजार रुपैयाँ पुगेको जनाएको छ । 

यस्तै सञ्चालन मुनाफा पनि ४४ करोड ६६ लाख ३४ हजार रुपैयाँबाट बढेर ६६ करोड ५० लाख ६३ हजार रुपैयाँ पुगेको बैंकले जनाएको छ । यद्यपि, सो अवधिमा बैंकको नाफामा उल्लेख्य वृद्धि देखिए पनि खराब कर्जाको दर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अधिकतम ९८.५७ प्रतिशतले बढेर १.३९ प्रतिशत पुगेको बैंकले जनाएको छ । अघिल्लो आ.व को असार मसान्तमा बैंकको यस्तो खराब कर्जाको दर ०.७० प्रतिशत मात्र रहेको थियो । 

हाल बैंकको गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ८७ करोड ३२ लाख ७१ हजार रुपैयाँ सेयर पुँजी रहेको छ भने जगेडा कोषमा १ अर्ब ५२ करोड ३ लाख २६ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आ.व को असार मसान्तसम्म १४ अर्ब ८६ करोड १ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको बैंकले गत आ.व.को सोही अवधिसम्म आइपुग्दा १९ अर्ब ७६ करोड १ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

\"\"