ग्लोबल आइएमई बैंकका कर्मचारीले ७ दिन अनिवार्य आन्तरिक पर्यटकिय स्थलको भ्रमण गर्नुपर्ने

ग्लोबल आइएमई बैंकका कर्मचारीले ७ दिन अनिवार्य आन्तरिक पर्यटकिय स्थलको भ्रमण गर्नुपर्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक बिदा लिँदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था बैंकले गरेको छ । 

कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । यस्तो परिस्थितिमा थोरै भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको र त्यसलाई सहयोग गर्न यस्तो योजना ल्याएको बैंकले जनाएको छ । बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।