बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रधानमन्त्री शेर बहादुर देउवाले कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै जनतालाई निशुल्क खोप उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको पुन: दोहोर्याएका छन् ।
नेपाल उद्योग परिसंघको १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नि:शुल्क खोप अभियान उद्योगी व्यवसायीलाई सघाउन समेत आग्रह गरे । उनले भने, 'देशको आर्थिक विकासका साथै निशुल्क खोपका लागि देशका सबै उद्योग व्यापारी एकजुट भएर लाग्नुपर्छ । जनतालाई निशुल्क खोप उपलब्ध गराउन सरकार प्रतिवद्ध छ ।'
साथै उनले अहिलेका अर्थमन्त्री जनार्दशन शर्मा मेहनीति भएको उल्लेख गर्दै नेपालको अर्थतन्त्रलाई पहिलाकोे भन्दा पनि माथि उठाएर आर्थिक अवस्था सुधार गर्नेमा विश्वास व्यक्त गरे । 'अहिलेको अवस्था अन्त्यन्त अप्ठेरो छ, कोभिडले दुख दिइरहेको छ । अर्को भेरिएन्ट आउँछ भन्ने पनि छ, यसलाई नियन्त्रण गर्नु सबैको एकजुट हुन आवश्यक छ ।' उनले भने ।
प्रतिक्रिया