देउवा सरकारले नेपाललाई \’मोस्ट एट्रयाक्टिभ इन्भेष्टमेन्ट जोन\’ बनाउनुपर्छः उद्योगपति चौधरी

देउवा सरकारले नेपाललाई \’मोस्ट एट्रयाक्टिभ इन्भेष्टमेन्ट जोन\’ बनाउनुपर्छः उद्योगपति चौधरी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष, उद्योगपति एंवम नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधारीले शेर बहादुर देउवा नेतृत्वको सरकारले मुलुकलाई साउथ एशियाको 'मोस्ट एट्रयाक्टिभ इन्भेष्टमेन्ट जोन'का रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा परिसंघ मुलुकको थिंक ट्यांकमा रुपमा रहेको र सरकारको महत्वपूर्ण अंगका रुपमा रहेको बताउँदै नव गठित सरकारले मुलुकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे ।

उनले २०४६.०४७ को नेपाली कांग्रेसको सरकारले अपनाएको उदार अर्थतन्त्रको नीतिमा नेपालको अहिलेको अर्थतन्त्र गतिशिल रहेको उल्लेख गरे । पछिल्लो २५ वर्षमा मुलुकमा देखा परेको राजैनैतिक अस्थिरता, अशान्ति र कोभिडको प्रकोपले अर्थतन्त्र कमजोर अवस्थामा पुगेको उनको भनाई थियो ।

यतिबेला धेरै राजनैतिक दलहरुको सहभागितमा कांग्रेसको नेतृत्वमा गठन भएको सरकारले सेकेण्ड जेनेरेशन रिफमका लागि काम गर्नुपर्नेमा जोड दिए । यो सरकारले आर्थिक राजनैतिक, कुटनैतिक तथा विकासका मुद्दाहरुलाई टुङ्याउने अपेक्षा उनले व्यक्त गरे।

यो सरकारले प्रत्येक नेपालीलाई खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएकोमा खुशी व्यक्त गर्दै उनले अहिलेको अवस्थामा नेपालीहरुको लागि साढे ५ करोड खोपको आवश्यकता पर्ने बताउँदै केबल ६८ लाख खोपको मात्र बन्दबस्त भएको बताए । खोपका लागि अमेरिका चाइन तथा भारतजस्ता देशहरुबीच तीव्र प्रतिस्पर्धा चलिरहेको अवस्थालाई चिर्दै देउवा नेतृत्वको सरकारले यो वर्षको अन्त्यसम्ममा प्रत्येक नेपालीलाई खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गरे ।

उनले कांग्रेसले ०४७/०४८ सालमा सुरु गरेका नीतिहरुलाई अहिलेसम्म निरन्तरता दिन सकेको भए मुलुकको कायपलट भइसकेको हुने उल्लेख गर्दै फेरि एकपटक कांग्रेसको नेतृत्वमा सरकार बनेकाले यो सरकारले नेपालाई दक्षिण एशियाको सबैभन्दा आकर्षक लगानी गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

अर्थमन्त्री जर्नादन शर्माको नेतृत्वमा साउद एशियाको मात्र होइन विश्वकै विभिन्न क्षेत्रका लगानीकर्ताहरुलाई आकर्षित बनाउनुपर्ने चौधरीले बताए ।

भारत र चीनबाट ५० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गर्नुपर्ने र यसले नेपालको बेरोजगारको समस्या पुरै हल हुने धारणा राखेका उद्योगपति चौधरीले हरेक युवालाई गरिखाने अभयिानमा समावेश गर्नुपर्ने बताए । उनले गरिखाने अभियानलाई घर घरको अभियान, सरकारको अभियान बनाउनुपर्नेमा जोड दिए ।