सनराइज बैंकले सुरु गर्यो कार्डलेस भुक्तानी सेवा, कार्ड नभए पनि एटीएमबाट पैसा झिक्न सकिने

सनराइज बैंकले सुरु गर्यो कार्डलेस भुक्तानी सेवा, कार्ड नभए पनि एटीएमबाट पैसा झिक्न सकिने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सनराइज बैंकले कार्डलेस भुक्तानी सेवा सुरु गरेको छ । बैंकले आफ्ना सेवाग्राहीको सहजताका लागि यस्तो सेवा सुरु गरिएको जनाएको छ ।

डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सन्राइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सकिने बैंकले जनाएको छ ।

यो सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस विथड्रमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सवमिट गर्नु पर्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यति गरे पछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा आएको ओटीपी प्रयोग गरी रकम झिक्न सकिनेछ । यस प्रकृयामा ओटीपी कोडा गोप्य राख्न बैंकले आग्रह गरेको छ ।

यो प्रबिधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग गरेर एटीएमबाट सजिलै रकम झिक्न सकिने छ ।

सनराइज बैंकले यस अघि मिस्ड कलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १६१ वटा एटीएम बुथबाट लि सक्ने बैंकले जनाएको छ ।