ग्लोबल कलेजका विद्यार्थीलाई नेपाल लाइफमा इन्टर्नको अवसर

ग्लोबल कलेजका विद्यार्थीलाई नेपाल लाइफमा इन्टर्नको अवसर

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच एक सम्झौता भएको छ । 

सम्झौता अनुसार ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ, त्यसै गरि जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने छ । बीमा सचेतना अभियानमा नेपाल लाइफलाई ग्लोबल कलेजले सहयोग गर्नेछ ।

सम्झौतामा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरुले हस्ताक्षर गरेका छन् ।