बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकको सहयोगमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गरिने भएको छ।
कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै केन्द्रमा कोरोना बिशेष वार्डको स्थापना गर्ने भइएको हो। यसका लागि दुबै पक्षबीच सहमतीपत्रमा हस्ताक्षर भएको छ।
महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आश्यकता महसुस गरि बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत अस्पतालमा कोरोना बिशेष ववार्डको स्थापना गरिदिन लागेको हो।
सहमतिपत्रमा केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि बैंकले केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड हस्तान्तरण गर्नेछ।
प्रतिक्रिया