मौद्रिक नीतिको आन्तरिक तयारी भइरहेको छः राष्ट्र बैंक

मौद्रिक नीतिको आन्तरिक तयारी भइरहेको छः राष्ट्र बैंक

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माण भइरहेको जनाएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालासँग छलफल भइरहेको बताए।

सुझाव संकलन लभगभ सकिएको र पूर्व गभर्नरहरुसँग छलफल गर्न बाँकी रहेको बताए। उनले उपयुक्त समयमा मौद्रिक नीति ल्याइने बताए। 

उनले भने ‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ। एक दुईवटा सरोकारवाला खासगरी पूर्व गर्भनरज्यूहरुसँग सुझाव संकलन गर्ने काम बाँकी छ, र सो सुझाव संकलनको आधारमा हामी मौद्रिक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ।’

सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकार समेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने चासोको विषय बनेको छ।