११ महिनाको अवधिमा ८ खर्ब ७० अर्ब ९४ करोड रेमिटयान्स भित्रियो

११ महिनाको अवधिमा ८ खर्ब ७० अर्ब ९४ करोड रेमिटयान्स भित्रियो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिटयान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको आर्थिक वित्तीय अवस्थामा उक्त रकम रेमिटयान्समार्फत भित्रिएको पाइएको हो । समीक्षा अवधिमा रेमिटयान्स आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स आप्रवाह ३.२ प्रतिशतले घटेकोे थियो ।

अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेकोे थियोे ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।