सेञ्चुरी बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

सेञ्चुरी बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त हुनुभएको छ ।

तुलसी गौतमले प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि न्यौपानेलाई तत्कालका लागि ब्यवस्थापकीय नेतृत्वको जिम्मेवारी दिइएको हो। गौतमले दिएको राजीनामा साउन १ गतेबाट लागू हुनेछ। न्यौपानेले साउन १ गतेबाट नै नेतृत्व लिनुहुनेछ ।

न्यौपाने बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो । न्यौपाने २०७६ असार ३० गते नायव प्रमुख कार्यकारी अधिकृत बन्नुभएको थियो । न्यौपानेसँग हिमालयन बैंक तथा सनराईज बैंक गरी करिब १७ वर्षको अनुभव छ । उहाँले काठमाडौं विश्व विद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।