मिदिम खोला–१ जलविद्युत आयोजनामा लक्ष्मी बैंकको ऋण लगानी 

मिदिम खोला–१ जलविद्युत आयोजनामा लक्ष्मी बैंकको ऋण लगानी 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
लमजुङ जिल्लामा माउण्ट रसुवा हाइड्रोपावरले निर्माण गर्ने मिदिम खोला–१ जलविद्युत आयोजनाका लागि ऋण लगानी जुटेको छ।

लमजुङ जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाउँपालिकामा अवस्थित मिदिम खोलामा निर्माण हुने १३.४२४ मेगावाटको आयोजनाको लागि लक्ष्मी बैंकले ऋण लगानी गर्ने भएको हो।  ऋण लगानी सम्वन्धी सम्झौतामा आयोजना र बैंकबीच हस्ताक्षर सम्पन्न भएको छ। उक्त आयोजनाको निर्माण लागत २ अर्ब ९३ करोड ८२ लाख रहेकोछ। 

माउण्ट रसुवा हाइड्रोपावर र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदसम्वन्धी २०७५ साल माघ ७ गते सम्झौता भएको थियो।  उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट ०७७ कात्तिक ३ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको हो। माउण्ट रसुवा हाइड्रोपावरलाई रसुवा कन्स्ट्रकशन प्रा.लि. लगायत अन्य व्यक्तिहरुले प्रवद्र्धन गरेका छन्।  बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी रहनेछ । 

यो आयोजना २०२३ जुलाई २० मा संचालनमा आउने लक्ष्य लिइएको छ।