निर्धन उत्थान लघुवित्तको बोनस शेयर वितरण

निर्धन उत्थान लघुवित्तको बोनस शेयर वितरण

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।  
निर्धन उत्थान लघुवित्तले बोनस शेयर वितरण गरेको छ । लघुवित्तले १३ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

लघुवित्तले २०७७ फागुन १० गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको जनाएको छ ।

उक्त अवधिसम्म पनि शेयर अभौतिकरण नगरेका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन समेत लघुवित्तले अनुरोध गरेको छ ।

२०७७ फागुन २५ गते सम्पन्न लघुवित्तको २२ औं वार्षिक साधारण सभाले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।