बैंकिङ्ग समाचार काठमाडौं ।
सरकारले १ प्रतिशत ब्याजदरमा २५ लाख कर्जा दिने कार्यविधि तयार पारेको छ ।अर्थ मन्त्रालयको अगुवाइमा तयार कार्यविधिको मस्यौदाले बजेट उल्लेख व्यवस्था कार्यान्वयन गर्नेछ । बजेटमा युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत व्याजदरमा २५ लाख रूपैया सम्म बीउ पुजी कर्जा उपलब्ध गराइने भएको छ ।
जसबमोजिम स्टार्टअप व्यवसायको दर्ता, नविकरण तथा अन्य सेवा एकद्वार प्रणालीबाट निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाउने घोषणा सरकारले गरिसकेको छ । स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण गरिने तथा यसका लागि १ अर्ब रूपैयांको च्यालेन्ज फन्ड स्थापना गर्ने घोषणा बजेटको थियो । बजेटको यही घोषणाअनुरुप अर्थले कार्यान्वयनको कार्यविधि तयार पारेको हो । कार्यविधिबमोजिम १५ प्रकारको स्टार्टअपले यस्तो कर्जा पाउनेछन ।
प्रतिक्रिया