नेपाल बंगलादेश बैंकले किसानलाई दियो कृषि लोन कार्ड

नेपाल बंगलादेश बैंकले किसानलाई दियो कृषि लोन कार्ड

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्लाको मकवानपुरगढी गाँउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ।

मकवानपुरगढी गाँउपालिकाको अध्यक्ष विदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी शुक्रबारदेखि लगानीको सुरु गरिएको हो। यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका वडा नं. ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ।

उक्त योजना अन्तर्गत बैंकले विना धितो, एकै प्रकारको व्यवसाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गर्नेछ।

कृषकहरुले क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन्। उक्त कार्डबाट सामान किन्दा कार्डको क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन्। नगदरहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले सो योजना अघि सारिएको हो।

बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा उक्त गाँउपालिकाबाट सुरु गरेर देशभरी नै यस किसिमका कर्जा विस्तार गर्ने बताइएको छ।