अब बैंकलाई ब्रोकर लाइसेन्स, पब्लिक कम्पनीलाई पनि आवेदन खुलाइने

अब बैंकलाई ब्रोकर लाइसेन्स, पब्लिक कम्पनीलाई पनि आवेदन खुलाइने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 

अब वाणिज्य बैंकका सहायक कम्पनीहरुले पनि सेयर ब्रोकरको काम गर्न अनुमति पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीहरुले पनि सेयर ब्रोकरको काम गर्न अनुमति दिने तयारी गरेको हो । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीहरुलाई लाइसेन्स दिन आवश्यक तयारी थाल्न सम्बन्धित शाखालाई निर्देशन दिइसकेका छन् ।
बैंकिङ्ग समाचार काठमाडौं । 
यसअघि बैंकलाई लाइसेन्स दिने वा नदिने विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएर पुँजी बजार क्षेत्रको नियामक निकाय बोर्डको नेतृत्व गर्ने जिम्मेबारी पाएका ढुंगानामा सुरुमा बैंकलाई लाइसेन्स दिन सहमत थिएनन् ।

विकास बैंकहरुले पनि वाणिज्य बंकलाई जस्तै आफूहरुलाई पनि ब्रोकर लाइसेन्स दिन माग गरेका छन् । तर लगानीकर्ताहरुले लामो समयदेखि माग गर्दै आएको र ब्रोकर कम्पनीहरु धेरै हुँदा प्रतिस्पर्धा बढ्नुका साथै पुँजी बजारको विकास र विस्तार हुने भन्दै बोर्ड अध्यक्षले लाइसेन्स दिने तयारी गरेका हुन् ।

अध्यक्ष ढुंगानाले पब्लिक कम्पनीलाई समेत ब्रोकर लाइसेन्स दिने तयारी गरेका छन् । बैंकका सहायक कम्पनी र पब्लिक कम्पनीहरुबाट अवोदन माग गर्ने बोर्डको तयारी छ । विकास बैंकहरुले पनि वाणिज्य बैंकलाई जस्तै आफूहरुलाई पनि ब्रोकर लाइसेन्स दिन माग गरेका छन् ।

यसअघि बैंकलाई ब्रोकर लाइसेन्स दिने गरी संघीय संसदको अर्थ समितिले प्रतिवेदन तयार गरेर बुझाइ सकेको छ । पूर्व सांसद रामकुमार झाँक्रीको नेतृत्वमा गठन भएको उपसमितिले प्रतिवेदन तयार गरेको थियो । ‘लाइसेन्स दिन ढिलो गर्न हुन्न’ नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्की बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनमा ढिलो गर्न नहुने बताउनुहुन्छ ।

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन ढिलाई भएकोमा चासो व्यक्त गर्दै उहाँले तत्काल ब्रोकर लाइसेन्स दिनुपर्ने बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय रुपमा पनि बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिएको भन्दै यसले संस्थागत सुशासन र बजार विस्तारमा सहयोग गर्ने र कर्पोरेट कल्चरको विकास हुने बताउनुभयो ।