बैंकिङ्ग समाचार काठमाडौं ।
कृषि विकास बैंकको शाखा कार्यालय, भरतपुरले कृषि सामग्री हस्तान्तरण गरेको छ । युवा आधुनिक सामुहिक खेती फर्म भरतपुर–२५ का अध्यक्ष लेखनाथ भुषाललाई बैंकका संचालक सदस्य संजीव पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृषि सामग्री तथा उपकरणहरु १८० थान क्रेट, १८ थान आटोमेटिक स्प्रे मेसिन, तथा १ थान डिजिटल काँटा एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा कृषि विकास बैंकको प्रदेश कार्यालय, वीरेन्द्रनगरका निर्देशक कृष्ण नकर्मी, वरिष्ठ शाखा प्रमुख संजिव कुमार उप्रेती, कृषि विकास बैंक शाखा कार्यालय भरतपुरका प्रबन्धक दिनेशबाबु नेपाल, समुहमा आवद्ध कृषक सदस्यहरु, स्थानीय भद्र भलादमीहरु एवं बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा कृषि विकास बैंकको शाखा कार्यालय, भरतपुरका प्रबन्धक दिनेश बाबु नेपालले कृषि विकास बैंक, कृषि क्षेत्रकै विकासको लागि स्थापना भएको र बदलिँदो परिस्थिती अनुसार अन्य क्षेत्रलाई पनि समट्दै लगेतापनि कृषि क्षेत्रमा यस बैंकको विशेष लगाव रहेकोले यस वैंकको नारा नै कृषिलाई नछोडने र अरुलाई जोड्ने रहेको बताउनुभयो ।
यदी यहाँहरुलाई वित्तिय सहयोग चाहिएमा ७ कार्यदिन भित्र कर्जा उपलब्ध गराउन सक्ने धारणा राख्नुभयो । कृषकहरुको हित र कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै लैजानको लागि कृषि विकास बैंकले किसान क्रेडिट कार्ड तथा किसान एप संचालनमा ल्याएको छ । जसको माध्यमवाट यहाँहरुले आफुलाई चाहिएको बैंलामा किसान कार्डको प्रयोग गरेर आवश्यकिय बिउविजन, मलखाद तथा कृषि समग्री खरिद गर्न सकिने जानकारी गराउनुभयो ।
उक्त कार्यक्रममा कृषि विकास बैंकको प्रदेश कार्यालय, वीरेन्द्रनगरका निर्देशक कृष्ण नकर्मीले कृषि विकास वैंकले यस प्रदेशभित्र कृषि क्षेत्रमा गरेको लगानीको स्थिती, सहुलियतपूर्ण कर्जा प्रवाहको स्थिती, र किसान क्रेडिट कार्ड तथा किसान एपको माध्यमबाट कृषकलाई हुने फाइदाका वारेमा प्रकाश पार्दै यस फार्मका युवा कृषक सदस्यहरुले नपढेका मानिसले मात्र नभएर पढेका मानिसले पनि कृषि कार्य गर्नुपर्छ भन्ने सकरात्मक सोचका साथ यो क्षेत्रमा लाग्नु भएका सबैं सदस्यहरुलाई सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका संचालक सदस्य संजिव पौडेलले आफ्नो मन्तब्यको क्रममा, आफु यस कार्यक्रममा सहभागी हुन आउँदा बैंकको विज्ञापन गर्ने उद्देश्यले नआएकोे कृषि विकास बैंकका सेवाहरुलाई कृषक मैत्री कसरी बनाउन सकिन्छ रु सुझाव लिएर यदि नीतिमा परिवर्तन गर्नुपर्ने भए आवश्यक सुधारको लागि सुझाव लिन आएको, हामीले नारामा तपाई हाम्रो घर आँगनको बैंक भनेका छौँ साच्चै वैंक तपाईहरुको घर आँगनमा जत्तिकै सहज छ कि छैन वुझ्न आएको बताउनुभयो ।
कृषि क्षेत्रमा ब्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको आफुले महसुस गरेको बताउँदै कृषकले उत्पादन गरेको वस्तुको कृषकले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्य विच ठूलो फरक रहेको र बीचका विचौलियहरुले लाभ उठाइरहेको हुँदा कृषकहरुले आफ्नो ध्यान विक्री प्रवर्धनमा पनि दिनुपर्ने भएकोले यहाँहरुले आफ्नो उत्पादनलाई मूल्य श्रङ्खलाको माध्यममा जोडिनुपर्ने बताउनुभयो । युवा सदस्यहरुको यस्तो प्रयास, समाज र राष्ट्रको लागि महत्वपूर्ण रहेको र रोजगारीको लागि विदेशिनु भन्दा आधुनिक कृषिलाई रोज्नु भएकोमा हार्दिक धन्यवाद दिँदै सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा फार्मका अध्यक्ष लेखनाथ भुषालले उक्त फार्ममा १८ जना कृषक सदस्यहरु रहेको र ९० विघा जग्गामा विभिन्न किसिमका तरकारी खेती गरिरहेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लेखनाथ भुषालले गर्नु भएको थियो । कार्यक्रम संचालन संस्थाका सचिव सुमन सुवेदीले गर्नुभएको थियो ।
प्रतिक्रिया