बैंकिङ्ग समाचार काठमाडौं ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं स्थापना दिवसको उपलक्ष्यमा तनहुँको बन्दिपूर गाउँपालिका–१, डुम्रेस्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयमा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ रगत नपाएर छटपटाएका ब्यक्तिहरुको जीवन रक्षाको लागि रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
यस रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरुले ३० युनिट रक्तदान गर्नु भएको थियो ।
संस्थाको स्थापना दिवसमा भएको रक्तदान कार्यक्रममा पाँचौ स्थापना दिवसको मुल समितिका संयोजक नायव कार्यकारी अधिकृत श्री किरण कुँवरले रक्तदाताहरु सवैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । रक्तदाताहरुलाई संस्थाका प्रमूख कार्यकारी अधिकृत श्री केशव कूमार पौडेलले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
यस संस्थाले पाँचौँ स्थापना दिवसको उपलक्ष्यमा लमजूङ जिल्ला, बेसीशहरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न वितरण कार्यक्रम रहेको छ । त्यसै गरी संस्था स्थापना दिवसको उपलक्ष्यमा संस्थाका विभिन्न शाखाहरुले समेत मानव सेवा आश्रमहरुलाई सहयोग गर्नुका साथै विभिन्न रचनात्मक क्रियाकलापहरु सञ्चालन गरेका छन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०७४ बैशाख २५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७४ आषाढ २५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोवार सञ्चालन गर्न “घ” वर्गको इजाजतपत्र प्राप्त गरी मिति २०७४÷०३÷३० गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।
प्रतिक्रिया