बैंकिङ्ग प्रणालीमा तरलता थुप्रियो, कर्जा प्रवाहको तुलनामा ३ गुणाले निक्षेप बढ्यो

बैंकिङ्ग प्रणालीमा तरलता थुप्रियो, कर्जा प्रवाहको तुलनामा ३ गुणाले निक्षेप बढ्यो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
आर्थिक बर्ष सकिन केहि साता अगाडी देखिनै बैंकिङ्ग प्रणालीमा निक्षेपको मात्रा बढ्न थालेको छ। एक साताको अन्तरालमा बैंकिङ प्रणालीमा कर्जा प्रवाहको तुलनामा निक्षेप तीन गुणा बढीले वृद्धि भएको हो।

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार असार १८ गतेसम्म बैंकिङ्ग प्रणालीमा निक्षेप ४७ अर्बले बढेको छ भने कर्जा मात्रै १५ अर्बले बढेको छ। 

असार १८ गतेसम्म बैंकिङ्ग प्रणालीमा निक्षेप ४० खर्ब ४६ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३६ खर्ब ६८ अर्ब पुगेको छ। यो तथ्यांकले चालु आर्थिक बर्षको अन्तिम तिर आइपुग्दा बैंकिङ्ग प्रणालीमा कर्जा प्रवाहको तुलनामा निक्षेपको मात्रा उल्लेख्य रुपमा बढेको देखाउँछ। 

आर्थिक बर्षको अन्तिमतिर बैंकहरु निक्षेप संकलन तथा रिकभरीमा लाग्ने र यहि बेला सरकारले बिकास खर्च पनि गर्ने भएकाले बैंकिङ्ग प्रणालीमा कर्जा प्रवाहको तुलनामा निक्षेपको मात्रा धेरैले बढी हुने गर्दछ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देब कुमार ढकालका अनुसार असार २२ गतेसम्म नेपालको बैंकिङ्ग प्रणालीमा २९ अर्ब तरलता अर्थात लगानी योग्य रकम रहेको छ ।

त्यहिमाथि नेपालमा बैंक वित्तीय संस्थाहरुले अधिकांश कर्जा जग्गा धितो राखेर मात्र प्रवाह गर्ने भएकाले पछिल्लो निषेधाज्ञाको समयमा मालपोत कार्यलय बन्द हुँदा कर्जा प्रवाह हुन नसकेको अवस्था छ।  

आर्थिक बर्षको अन्तिम महिना अर्थात असार महिनामा बैंकहरु निक्षेप संकलन तथा रिकभरीमा ब्यस्त हुने गर्दछन भने साउन देखि कर्जा प्रवाहमा आक्रामक हुने गर्दछन। यहि कारण पनि असार महिनामा कर्जा प्रवाहको तुलना निक्षेप झन्डै तीन गुणा बढी देखिएको हो।